बि.बि.एस.चौथो वर्षको Final Project Work Proposal सम्बन्धी सूचना |

वि.सं. २०४७ बाट सञ्चालन हुँदै आएको हेटौंडा क्याम्पस मकवानपुर जिल्लामा मात्र नभएर देशकै उत्कृष्ट शिक्षा क्याम्पसका रूपमा परिचित क्याम्पस हो । विशुद्ध सामाजिक सेवा भावले स्थापित सामुदायिक शैक्षिक संस्थाको रूपमा समाजमा न्यूनः आर्थिक अवस्थामा बाँच्न विवश अभिभावकहरूका सन्ततिका लागि यस क्याम्पसले उच्च शिक्षाको गतिलो छहारी प्रदान गर्दै आएको छ । स्थापनाको तेस्रो दशकको अनुभव सँगालेको यस क्याम्पसले आम विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी एवं सम्पूर्ण पक्षको साथ र सहयोग अनवरत पाउँदै आएको छ ।

शिक्षा मानव जीवनको निर्विकल्प आधार हो शिक्षाको विकासबिना र समाज र राष्ट्रको विकास सम्भव छैन तथा मानवीय मस्तिष्कको विकासले भौतिक विकासको समेत द्वार खोल्ने हुँदा हरेक विकासको पृष्ठभूमिमा शिक्षाको विकास अनिवार्य सर्तको रूपमा रहने सर्वस्वीकृत मान्यतामा आधारित यस क्याम्पस अझ परिष्कृत स्वरूपबाट समुन्नत संस्थाको रूपमा सभ्य जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको संस्था हो ।

हेटौंडा क्याम्पस मकवानपुर जिल्लाको पहिलो शिक्षा क्याम्पस हो । सामाजिक सेवाभावले समुदायको सक्रियतामा सञ्चालित मुनाफारहित सामुदायिक क्याम्पस हेटौंडा क्याम्पसले विद्यार्थीमैत्री सुविधासम्पन्न भौतिक पूर्वाधार को उपलब्धतामा गुणस्तरीय शिक्षा सञ्चालन गर्दै आएको छ । 

यस क्याम्पसबाट उत्पादित जनशक्ति बागमती र मधेस प्रदेशका अधिकांश विद्यालय एवं मकवानपुर जिल्लाका प्रायः हरेक विद्यालयमा सेवारत रहनु तथा देशका विभिन्न निकायमा सम्मानित सेवामा रहनुबाट यस क्याम्पसको शैक्षिक इतिहास र कीर्तिमान गौरवमय रहेको तथ्य प्रष्ट हुन्छ । विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षामा यस क्याम्पसले निरन्तर सर्वोत्कृष्ट नतिजा कायम राख्नु अध्ययन अध्यापनको लागि स्वस्थ वातावरण, सक्रिय क्याम्पस सञ्चालक समिति, अनुभवी र दक्ष प्राध्यापक, लगनशील विद्यार्थी एवं प्रयोगात्मक र जीवनोपयोगी शिक्षाको प्रतिफल हो । सम्बन्धित तहको औपचारिक पाठ्यक्रमको परिधिभित्र मात्र नरही सामाजिक आदर्श, नैतिक चरित्र एवं व्यक्तित्व विकासका लागि उपयोगी व्यावहारिक शिक्षा प्रदान गर्ने वातावरण सिर्जनामा हेटौंडा क्याम्पस हेटौंडा सदैव प्रतिबद्ध छ ।

आनन्दराम पराजुली

अध्यक्ष, क्याम्पस सञ्चालक समिति

विश्वविद्यालय अनुदान आयाेगबाट गुणस्तर प्रत्यायनकृत २०८०