बि.बि.एस.चौथो वर्षको Final Project Work Proposal सम्बन्धी सूचना |

क्याम्पसको दृष्टिकोण,ध्येय,लक्ष्य र उद्देश्यहरू निम्नानुसार हुने छ ।
क)दृष्टिकोण
हेटौँडा क्याम्पसलाई मानवीय संसाधनको विकास गरी उच्च शिक्षाको क्षेत्रमा देशकै उत्कृष्ट सामुदायिक शैक्षिक संस्थाको रूपमा विकास गर्दै लगिने छ ।
ख)ध्येय
१)गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्ने ।
२)उच्च शिक्षाको अवसर सिर्जना गरी प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने ।
ग) लक्ष्य
१)आधुनिक प्रविधिलाई शिक्षामा समाहित गरी शिक्षण, अनुसन्धान र अन्य क्रियाकलापहरूको गुणस्तर प्रदान गरेर सरोकारवालाहरूको सन्तुष्टि स्तर बढाउने,
२)दक्ष जनशक्तिमार्फत समृद्ध राष्ट्र निर्माणमा टेवा पु¥याउने,
३)आधुनिक र पर्याप्त सुविधाहरूको विकास गर्दै क्याम्पसलाई बहुसङ्कायमा रूपान्तरण गर्ने,
४)क्याम्पसलाई विश्वविद्यालय तहसम्म विकास गर्ने ।
घ) उद्देश्यहरू
१) विभिन्न सङ्काय र विषयका तहगत कक्षाहरू सञ्चालन गर्ने,
२) स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरूसँग सम्बन्धन कायम गरी आर्थिक तथा अन्य सहयोग आदान प्रदान गर्ने,
३) विश्वविद्यालय वा देशको ऐन कानुनअनुरूप स्वायत्त शैक्षिक संस्थाहरूसँग सम्बन्धन प्राप्त गरी सैद्धान्तिक तथा प्राविधिक
शिक्षाको निर्धारित पाठ्यक्रमहरू शिक्षण गराउने,
४) विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गराई युगानुकूल सक्षम जनशक्तिको उत्पादन गर्ने,
५) उत्तीर्णप्रतिशत वृद्धि गरी रोजगारमूलक क्षमताको विकास गर्ने,
६) शिक्षक कर्मचारीलाई तालिम तथा अध्ययन अनुसन्धानमा सहभागी गराई क्याम्पसको शैक्षिक तथा प्रशासनिक
कार्यलाई सशक्त र प्रभावकारी बनाउने,
७) क्याम्पसको वित्तीय अवस्थालाई सुधार गर्ने,
८) क्याम्पसमा विभिन्न खेलकुद तथा कल्याणकारी कार्यक्रमको व्यवस्था र सञ्चालन गर्ने ।

विश्वविद्यालय अनुदान आयाेगबाट गुणस्तर प्रत्यायनकृत २०८०